शिवसताक्षीमा माओवादी केन्द्रद्वारा जनयुद्ध दिवसमा दीप प्रज्ज्वलन
Published:
by .शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २७ औं जनयुद्ध दिवस दिपावली गरेर मनाएको छ । माओवादी केन्द्र शिवसताक्षीले आइतवार नगरका चोकहरुमा दिपावाली गरी जनयुद्ध दिवस मनाएको हो ।
शिवसताक्षीको दुधेको दिपावली कार्यक्रमलाई सम्बोन्धन गर्दै माओवादी केन्द्रका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईलेआज भन्दा २७ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी) १० बर्ष जनयुद्ध र १६ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्थासम्म आई पुगेको बताए ।
‘जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष व्यहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउदै लगेको छ’ अध्यक्ष भट्टराईले भने ‘माओवादीले २ वटा भरुवा बन्दुकबाट जनयुद्ध शुरु गरी ०६१÷६२ सम्म आई पुग्दा राज्यको हेलिकप्टर खसाउने तहसम्म पुगेको सबै सामु छर्लङ्गै छ ।’
जनयुद्ध सुरु गर्नुपूर्व तत्कालीन प्रधानमन्त्रीलाई ४० बुदें माग राख्दै जनयुद्धको संखघोष गरेको तत्कालिन माओवादी ०५६÷५७ सम्म आईपुग्दा नेपालका अधिकांश जिल्लामा एउटा महत्वपूर्ण वैकल्पिक शक्तिको रुपमा स्थापित भईसकेको उनले बताए ।
अध्यक्ष भट्टराईले जब माओवादी जनयुद्ध एकपछि अर्को शक्तिशाली र प्रभावकारी बन्दै गयो तब तत्कालिन सरकार माओबादी आन्दोलन र शक्तिसँग सशंकित हुन थालेको बताए । ‘जब माओबादीले रोल्पा, रुकुम लगायतका केही जिल्लाहरुमा आफ्नो आधार क्षेत्र बढाउदै लग्यो’ अध्यक्ष भट्टराईले भने ‘देशभर जनयुद्धको प्रभाव र हस्तक्षेप बढाउदै देशका विभिन्न जिल्लामा रहेका प्रहरी चौकी र सरकारी संयन्त्रमा धावा बोल्दै लगेपछि सरकार एकाएक झस्कियो र माओवादीलाई वार्तामा बोलाउने योजनामा पुग्यो ।’
माओवादी विद्रोहलाई वार्ताको माध्यमबाट समाधान गर्ने भन्दै ०५८ मा सरकार र विद्रोही माओवादी विच पहिलो चरणको वार्ताका लागि वातावरण तय गरेको उनले जानकारी दिए। पहिलो चरणको वार्ताको अभ्यास सफल हुन नसक्तै दोस्रो पटक पुनः वार्ताका लागि सरकार र विद्रोही पक्षबिच सहमति भएको तर दोस्रो चरणको वार्तामा समेतकुनै सहमति हुन नसकेको पनि उनले बताए । ‘जब पूर्व राजा ज्ञानेन्द्रले १९ माघको शाही कदम चाले तब नयाँ राजनीतिक घटनाक्रम र परिदृश्यको विकास हुदै गयो’ उनले भने ।
पुर्व राजा ज्ञानेन्द्रको कदमका विरुद्ध जब तत्कालीन विद्रोही शक्ति माओवादी र संसदीय शक्तिहरु नजिक हुने संकेत देखियो तव संसदीय शक्तिहरुसहित जनयुद्ध लड्दै गरेको माओवादी विच ०६२÷०६३ सालको वृहत् जनआन्दोलनको वातावरण तयार भएको उनले जानकारी दिए ।
जनयुद्धमा लाखौं जनतालाई गरिएका प्रतिबद्धता, जनयुद्धका मुद्दालाई वास्तविक जनताको तहसम्म जनताले अनुभुत गर्ने गरि काम गर्ने जिम्मेवारी माओवादीको काधमा आएको पनि उनको भनाई थियो । आज एमसीसीको नाम आमेरिका र भारतको नागो हस्तछेप भएकोले नेपाली जनताको आशाको केन्द्र प्रचण्ड भएकोले एमसीसी कुनै पनि हालतमा यथास्थितिमा पास नगर्न सुझाव दिदै बरु सुलेमानी बन्न तयार हुन भट्टराईले प्रचण्डलाई सुझाव समेत दिए । देशको लागि थप बलिदान दिन तयारी रहेको र आदेशको पर्खाइमा बसेका पनि उनको भनाई थियो ।
Comments