Sajhamanch Archive

ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्कासन

Published: in अर्थतन्त्र, by .

काठमाडौं– ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्कासन हुने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशतले हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आईपीओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नेछ।

आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपालिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आईपीओमा आवेदन दिन पाउनेछन्।क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउनेछन्।

निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ। आईपीओमा लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

तोकिएको अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी रहेको सेयरसहित सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरिसके पछि सर्वसाधारणलाई पनि ३१ करोड २५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *