Sajhamanch Archive

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गर्यो मुस्लिम बाहेकका भातृ संगठनका कार्यसमिति विघटन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली काँग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ ।

मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिए ।

विघटन गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ भने नयाँ कमिटी ल्याउने अधिकारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

यसैगरी, काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिना देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ ।

बैठकले यही फागुन २० गतेदेखि २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता महतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *