एमसीसीको समर्थक र विरोधी एउटै सरकारमा बस्न मिल्दैन : डा. भट्टराई
Published:
by .काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोध गर्ने दललाई सरकारबाट हट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आग्रह गरेका छन्।
सत्ता साझेदार दलका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताएका हुन्।
‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सत्ता गठबन्धनमा रहेका नेपाली कांँग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।
Baburam Bhattarai
@brb1954
MCCको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन!सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!
Comments