Sajhamanch Archive

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by .

झापा । सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरोलो लागेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ तोकिएको छ । मंगलबार तोलामा १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *