एमसीसीबारे सत्ता गठबन्धनका दलहरुको ‘निर्णायक’ वार्ता आज
Published: (Updated: )
by .काठमाडौ, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको जनाइएको छ ।
बुधबार प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो।
एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन्।
प्रतिनिधिसभाको हिजो दिउँसो १ बजेको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो। सरकारको नेतृत्व गरेको दल नेपाली कांँग्रेसले पनि एमसीसी जुनसुकै हालतमा पनि पास गर्ने निर्णय गरिसकेको थियो।
तर, सत्ताघटक नेकपा माओवादी केन्द्रको बुधबार बिहानको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबुल गरिए गठबन्धन तोडिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
त्यस लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री र दाहालबीचको छलफलपछि हिजो एमसीसी टेबल नगर्ने सहमति भएको थियो। आज गठबन्धनको बैठक राखेर निर्णय गर्नुपर्ने विषयमा दुई नेताबीच सहमति बनेको हो।
एमसीसी पास नगरी नछाड्ने कांँग्रेस अडान र पास गर्न जबरजस्ती गरे सरकार छाडेन माओवादी अडानकाबीच आजको गठबन्धन बैठकलाई महत्वका साथ हरिएको छ।
एमसीसी पास गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। सरकारमा सहभागी रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले नै एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन्।
Comments