चुनाव र जनप्रतिनिधिबारे जनमत
Published: (Updated: )
by .वैशाख ३० गते हुनेगरी तयारी गरिँदै गरेको स्थानीय तहको चुनावबारे बिर्तामोडमा भेटिएका सर्वसाधारण नागरिकहरु साझामञ्चसँग भन्छन्ः
अपेक्षाकृत काम नभई एक कार्यकाल बित्योः नरेन्द्र पराजुली
स्थानीय तह वा प्रदेश सरकारको वर्तमान कार्यकाल नीति र कानून बनाउँदा बनाउदै सकिन लाग्यो । यो पाँच वर्षमा विकास निर्माणतर्फ खासै काम नभई वा आमजनताले अपेक्षा गरेको जस्तो विकास भएन । तर जे जति कानून बनिसकेका छन्, आउने सरकारलाई काम गर्न सजिलो हुन्छ । साथसाथै विल भरपाई मिलाएर गरिने भ्रष्टचार अझ मौलाएको छ । यसलाई सरकारले कडा दण्ड दिने व्यवस्था हुनु पर्छ ।
कुरा धेरै, काम थोरैः सिता ओली
सुरुङ्गा घर भएको बताउने सिता ओली अहिलेसम्म आएका जनप्रतिनिधिहरुले कामभन्दा धेरै हो–हल्ला र झगडा मात्र गरे । अब आउने जनप्रतिनिधिहरुले चाहिँ जनताको इच्छा अनुसारका काम गरोस् भन्ने अपेक्षा राख्छु ।
राम्रै काम गरेका छन्, अब पनि यस्तै गरुन्ः रेवती भुजेल
बिर्तामोड अदुवाखोला छेउमा दुर्गा खाद्यान्न किराना पसलका सञ्चालक रेवती भुजेल चुनाव आउनु, पाँच–पाँच वर्षमा प्रतिनिधि परिर्वतन हुनु सामान्य प्रक्रिया हो । अहिलेसम्म रहेका जनप्रतिनिधिहरुले राम्रो काम गरिरहनु भएको छ । अब आउनु हुने जनप्रतिनिधिहरुले पनि राम्रै काम गरुन् भन्ने अपेक्षा राख्छु ।
विश्वासघात गर्छन् र पो दुःखी हुनुपर्छ त ! प्रकाश शर्मा
भोट माग्न आउँदा ठूला–ठूला आश्वासन देखाउँछन् । पछि विश्वास गरेर भोट दिएको प्रतिनिधिले भनेजस्तो काम नगरिदिने समस्या छ । तर अब निर्वाचित हुने जनप्रतिनिधिहरु चाहिँ यस्तो कार्य नदोहोर्याउन् र आफ्नो कार्यकालभरि जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिनिधिको आशा राखेको छु ।
Comments