पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित
Published: (Updated: )
by .काठमाडौं । पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ छ।
प्रदेश १ मा कोरोनाको प्रभाव घट्दै, आज १२५ जना कोरोना संक्रमणमुक्त ६८ जना थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा आज १२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६८ जनामा संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, झापामा ६, सुनसरीमा ५, उदयपुरमा ४, खोटाङ र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
झापाको कनकाईमा ३, दमक, भद्रपुर र मेचीनगरमा १–१ जना, मोरङको विराटनगर र बुढीगंगामा ५–५, सुन्दरहरैंचा, केराबारी र रतुवामाईमा १–१ जना संक्रमित थपिएका छन् । मन्त्रालयले दिएको तथ्याङ्क अनुसार सुनसरीको इटहरीमा ३, रामधुनी र बराहक्षेत्रमा १–१, उदयपुरको बेलका, त्रियुगा, चौदण्डीगढी र कटारीमा १–१, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज १२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६४ महिला र ६१ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २११ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments