एमसीसीबारे टुंगो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
Published:
by .काठमाडौ, नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज बस्न लागेको हो।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी जीवनसँग सम्बन्धित धेरै विषयहरुसमेत एमसीसीका बारेमा पनि छलफल गरि टुंगो लाग्ने बताए।
एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाएको भन्दै त्यसमाथि छलफल गरेर निष्कर्ष निकाल्ने उनले जानकारी दिए।
आज ७ फागुन, नेकपा एकिकृत समाजवादीको स्थायी कमिटिको बैठक बस्दैछ। यो बैठकमा पार्टी जीवनसङ्ग सम्बन्धित धेरै विषयहरु समेत एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाइ सकेको प्रतिवेदन माथि छलफल गरि निष्कर्ष निकाल्ने छु उनले भनेका छन्।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय केही दिन अघि गरेको थियो भने एकीकृत समाजवादीले एमसीसीबारे औपचारिक निर्णय गरेको छैन। तर एकीकृत समाजवादी पनि एमसीसी परिमार्जन गरेर पास गर्नुपर्ने पक्षमा रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोड गरिरहे पनि सत्ता गठबन्धनका दलहरु बिरोधमा रहेपछि संकटमा छन्।
Comments