एमसीसी संसद्मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय
Published: (Updated: )
by .काठमाडौं, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौता एमसीसीलाई संसद्मा टेबल गर्न दिने दिने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि एकीकृत समाजवादीले गठबन्धन जोगाउनका लागि उक्त निर्णय गरेको हो। यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसद्मा टेबल गर्न नदिने अडान लिएका थिए।
तर, प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद सुरु गरेपछि एकीकृत समाजवादी लचक बनेको हो।
Comments