लेखापढी कानुन व्यवसायी एसोसिएसनको सभामा उत्कृष्ठ व्यवसायी सम्मानित
Published: (Updated: )
by .भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाईको १५ औं वार्षिक सभाको अवसर पारेर उत्कृष्ठ सम्मान तथा स्मारिका बिमोचन गरिएको छ ।
इकाई समितिका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षता तथा संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यमा उत्कृष्ट व्यवसायी तथा सन्तति सम्मान र इकाइको विगत वर्तमान झल्कने स्मारिकाको विमोचन गरिएको हो ।
कार्यक्रममा शतप्रतिशत लिखत दर्ता गर्ने प्रकाश निरौलालाई वर्ष उत्कृष्ट व्यवसायी सम्मानबाट सम्मानित गरिएको थियो । उत्कृष्ट सन्तति सम्मानबाट सरकारी विद्यालयतर्फ एस ई ई २०७७ मा उत्कृष्ट हुन सफल श्रृषा ढकाल र संस्थागत विद्यालयबाट आयुष्मा पोखरेललाई नगद दुई हजार सहित सम्मान गरिएको थियो । यस्तै जेष्ठ सदस्य सम्मानबाट मणिराम न्यौपाने, पूर्व अध्यक्ष पुरूषेत्तम अधिकारी र उत्कृष्ठ सञ्चालक सदस्य मुरारी न्यौपानेलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष निरोज पोखरेलले स्वागत गरेको कार्यक्रममा समालोचक होम सुवेदीले स्मारिकाको टिप्पणी गरेका थिए भने सञ्चालन सचिव लावण्यकुमार पाखरेलले गरेका थिए ।
Comments