Sajhamanch Archive

शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न चुनावकालाई गठबन्धनका तर्फबाट उमेद्वारी घोषणा

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगर उद्योग बाणिज्य संघमा गठबन्धनको प्यालनले उमेद्वारी घोषणा गरेको छ ।

नेपाली काग्रेस, नेकपा ( माओवादी केन्द्र) नेकपा एकिकृत समाजबादीको गठबन्धनको प्यानलले उमेद्वारी घोषणा गरेको हो । शनिबार शिवसताक्षीको जनअदर्श माविमा एक कार्यक्रमका बीच उम्मेद्बारी घोषणा गरेको हो ।

गठबन्धनले शिवसताक्षी उद्योग वाणिज्यको अध्यक्षमा याम काफ्लेलाई घोषणा गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा  नरेस कुमार मिश्र, बाणिज्य उपाध्यक्ष कृष्ण खरेल, उद्योग उपाध्यक्ष , सुवोद कुमार शाह , महासचिव टक प्र. मैनाली बाणिज्य सचिब मेनुकादेवी बस्तोला उद्योग सचिव योगेश्वर बराल रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा खनीमाया श्रेष्ठ, सदस्यहरुमा धनकुमार ढकाल , शिव कुमार बिमली ,मोहन कार्की ,कमल सेचुरी ,केसब राजवंशी, मुक्ति गुरागाईं, गणेश कुमारी ढकाल ,सर्मिला पाण्डे, सुनिता लिम्बु रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराईले बताए । घोषणा सभामा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष बिनोद ढकाल नेकपा माओवादी केन्द्र का अध्यक्ष महेन्द्र भट्टराई नेकपा एकृकितका अध्यक्ष नविन इजम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिदेवी दाहाल, वडा नम्बर ६ का अध्यक्ष मनोज कार्की मचिन्द्र शेर्माले शुभकामना राखेका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका माहाधिबेशन प्रतिनिधि भक्ति सिटौला ,चन्द्रमणि नेपाल ,खड्ग कार्की, जिल्ला सह सचिव कमल भण्डारी, प्रदेश सदस्य भुवन राई, पर्शुराम ढुंगाना लगायतले शुभकामना राखेको थिए ।

उद्योग बाणिज्य सघ शिबसताक्षीको बिधान ले १७ सदस्य निर्बाचित र ३ जाना मनोनीत गर्ने र ४ बर्ष कार्यकाल हुनेछ ।

नेपाली काग्रेस नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको होम दुलालले सञ्चालन गरेका थिए भने, भोला मैनालीले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *