Sajhamanch Archive

प्रतिनिधिसभा बैठक बस्दै, कार्य सूचीमा भने आज पनि अटाएन एमसीसी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– आज (आइतबार) प्रतिनिधिसभा बैठक बैठक बस्दै छ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दै छ। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७७/७८) पेस गर्ने विषयमात्र उल्लेख छ।

राजनीतिक दलहरुबीच तीव्र चर्चा र विवादको विषय बनेको अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता बैठकमा टेबुल हुने विषय भने सम्भावित कार्यसूचीमा परेको छैन।

सत्तारुढ दल नेपाली कांँग्रेसले एमसीसी सम्झौता संसद्मा टेबुल गरी जतिसक्यो छिटो पारित गर्नुपर्ने बताउँदै आएको छ। सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमै एमसीसी पास गर्न नहुने पक्षमा छन्।

नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले भने एमसीसीलाई संसद्मा टेबल हुन नरोक्ने निर्णय गरेको छ।

आजै सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन्। बैठक संसद भवनमै बिहान ११ः३०मा बस्नेछ। बैठकपछि संसदको दैनिक कार्यसूची परमार्जन हुनसमेत सक्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *