राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
Published: (Updated: )
by .काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन ८ गते अन्तिम दिन रहेको छ।
संस्थाले गत फागुन ४ गतेबाट जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ।
यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ। संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको छ।
संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।
बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।
यो आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। जसका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो।
Comments