Sajhamanch Archive

संसदमा सिखण्डी खडा गरेको बिस्णु रिमालको भीम रावल लक्षित टिप्पणी

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले दलको जानकारीबिना संसदमा सिखण्डी खडा गरिएको टिप्पणी गरेका छन्। भीम रावलप्रति लक्षित गर्दैै उपमहासचिव रिमालको यस्तो टिप्पणी आएको हो।

सामाजिक सञ्जाल ट्विटरमा उनले एमाले प्रतिनिधिसभा सदस्य भीम रावललाई सिखण्डीको संज्ञा दिएका हुन्। ‘हाउसमा दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर बहस पनि यसैगरी निर्णय पनि यसैगरी हुने भन्दै कपटपूर्ण अभ्यासमा गठबन्धन छ,’उनले भनेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेको विरोधका कायमै रहेका बेला एमसीसी टेबल गर्ने प्रस्तावको विपक्षमा सहभागी भएर सांसद भीम रावलले आपत्ति प्रकट गरेका थिए।

नेकपा एमालेले रावललाई बोल्न दिएको विषयमा सभामुखलाई भेटेर समेत आपत्ति प्रकट गरिसकेको छ। उपमहासचिव रिमालले गठबन्धनवालाहरू घ्यु बेचुवा र तरवार बेचुवा जस्ता भएको पनि लेखेका छन्।

‘प्रमको दल र सभामुखको दल दुबै एमालेलाई देखाएर एक–अर्कामाथि हावी हुने दाउमा छन्,’ उनले लेखेका छन्, ‘क्याविनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने। सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने काम भएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *