Sajhamanch Archive

युरिक एसिड बढेको छ? के खाने?

Published: in टिप्स/जानकारी, स्वास्थ्य, by .

काठमाडौं- चिसोको समयमा हाडजोर्नी सुन्‍निने, दुख्‍ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर, अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ।

१. दालस् गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ। यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिकएसिड बन्छ।

२.सागसब्जी: कुरिलो, फूलगोभी, बन्दा, पालुुङ्गो , च्याउ र गोलभेंडाजस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ। यसका साथै यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि बढी पाइन्छ।

३. माछा-मासुस् युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ।

४. कोल्ड ड्रिंकस् कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ।

फ्रूक्टोज- स्वीटण्ड- ड्रिंक, मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन। यी पेयहरुमा प्रचूर मात्रामा फ्रू क्टोज पाइन्छ। यसले एटीपी लाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ।

५. अचारस् तामा, गुन्द्रुक सिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन।

६. मदिरास् रक्सि, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन युरिक एसिडमा वर्जित छ। मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनको साथैै शरिरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन गर्न अवरोध पुर्‍याउँछ।

७.जंक फूडस् जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ। यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको समस्या निम्त्याउन सक्छ। जंकफूड ज्यादा खादा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ।

८. समुद्री खानास् विशेषगरी झिंगे माछा ९प्राउन०, लोवस्टोर , ट्यूना, एन्कोभिज प्र्रजातीका माछा र अन्य समुन्द्री वनस्पतिबाट बनाइने खानेकुरामा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिडमा हानिकारक मानिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *