Sajhamanch Archive

शिवसताक्षी उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई ठूला व्यवसायीको प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by .

शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा दुई उमेद्वारको कडा प्रतिश्पर्धा हुने भएको छ । चुनावमा संयुक्त गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लै लड्ने भएको हो ।

नेकपा एमालेका तर्फबाट झापा शिवगञ्ज निवासी सफल व्यवसायी रोषन फर्निचर उद्योगका प्रोपराइटर राम नरेश शर्माले उम्मेद्वारी दिने भएका छन् । नेकपा एमालेले शिवताक्षीले फर्निचर व्यवसायी रामनरेश शर्मालाई अध्यक्ष बनाउने घोषणा गरेको हो । शर्मा शिवसताक्षी कै ठुला व्यापारी हुुन् । उनी शिवसताक्षी नगरका कार्यपािलका सदस्य पनि हुन् ।

त्यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीका तर्फबाट शिवसताक्षी दूधे निवासी काफ्ले खाद्य भण्डारका प्रोपाइटर यामनाथ काफ्लेलाई अध्यक्ष बनाउने घोषणा गरेका छन् । दुवै उम्मेद्वार भोट आफ्नो पक्षमा पार्न लागि परेका छन् । नेकपा एमालेले समर्थन गरेको शर्माले अग्रगामी, जनमुखी, उद्योगी व्यवसायीहरुको साझा उम्मेद्वार भएको नारा दिएका छन् भने, गठबन्धनको समर्थन पाएका काफ्ले लोकतान्त्रिक प्रगतिशिल व्यवसायिक समूहका उम्मेद्वार भएको दावी गरेका छन् । काफ्लेले विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरिसकेका छन् उनी लायन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडन्ड समेत हुन् ।

गठबन्धनका तर्फबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार मिश्र, उद्योग उपाध्यक्षमा सुवोद कुमार शाह, वाणिज्य उपाध्यक्ष कृष्णप्रसाद खरेल, महासचिव टंकप्रसाद मैनाली, उद्योग सचिव योगेश्वर बराल, वाणिज्य सचिव मेनुका बाँस्तोला सिटौला, कोषाध्यक्षमा खनिमाया श्रेष्ठले उमेद्वारी दिने भएका छन् । त्यस्तै खुल्ला सदस्यतर्फ मोहबहादुर कार्की, मुक्ति गुरागाईँ, कमल सेन्चुरी, केशवकुमार राजवंशी, शिवकुमार विमली, धनकुमार ढकाल, सावित्रा कार्की, महिला सदस्यहरु सुनिता लिम्बु, गणेश कुमारी ढकालले उमेद्वारी दिने संयुक्त गठबन्धनले जनाएको छ ।

त्यसैगरी नेकपा एमालेको समर्थन पाएको अग्रगामी, जनमुखी, उद्योगी व्यवसायीहरुको समूहले वरिष्ठ उपाध्यक्षमा कमल तामाङ्ग, उद्योग उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, वाणिज्य उपाध्यक्षमा मन्दिरा प्रसाई पाठक, महासचिव टंक सिटौला, उद्योग वेदकुमार थपलिया, वाणिज्य सचिव भोजराज ढकाल, कोषाध्यक्षमा विष्णुमाया चम्लागाई लुईटेल (रोजी)ले उमेद्वारी दिने भएका छन् । त्यस्तै खुल्ला सदस्यतर्फ राजेन्द्रप्रसाद भट्टराई (राजन), भिष्म ओली, जयनारायण पौडेल, चुडामणी श्रेष्ठ, जितेन्द्र शाह, संजोग दाहालले उमेद्वारी दिने नेकपा एमाले नगर कमिटिले जनाएको छ । त्यस्तै महिला सदस्यहरुमा तुलसा देवी खतिवडा, रञ्जना सापकोटा ( ललिता), गोमा तामाङ्गले उम्मेद्वारी दिने भएका छन् ।

दुवै समूहले चुनावी घोषणा पत्र भने सार्वजनिक गरेका छैनन् । उद्योग वाणिज्य संघको चुनामा भोट दिने मतदाता संख्या १२७१ रहेको छ ।
शिवसताक्षी वाणिज्य संघले ४ वर्षे कार्यकालको नेतृत्वका लागि फागुन १८ गते चुनावको मिति तय गरेको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *