Sajhamanch Archive

कांँग्रेसले भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांँसदलाई जारी गर्यो सर्कुलर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठममाडौ, नेपाली कांँग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांँसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् ।

उनले भोलिको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्नसक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन् ।

‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसिसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् ।

हाल प्रतिनिधिसभा बैठकमा कांँग्रेसको तर्फबाट ६३ जना सांँसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांँसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन् ।

कांँग्रेस एमसिसीको पक्षमा छ । कांँग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद् बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् ।

उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।

सत्तारुढ प्रमुख दल कांँग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांँसद छन् ।

एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफूहरूका माग सम्बोधन गरे मात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *