Sajhamanch Archive

साताको चौथो दिन १५.५० अंकले घट्यो सेयर बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं-  साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ। अघिल्लो दुई कारोबार सामान्य बढेको सेयर बजार आज भने १५.५० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

आज सेयर बजार मापन परिसूचक नेप्से १५.५० अंक्ले घटेर २७२०.४३ बिन्दूमा झरेको छ। अघिल्ला कारोबार दिन सोमबार र मंगलबार नेप्से सूचक क्रमशः २५.४१ अंक १७.४२ अंक बढेको थियो।

यसैगरी आज सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले घटेर ५१७.९३ बिन्दूमा झरेको छ। मंगलबार सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले बढेको थियो।

नेप्सेका अनुसार बुधबार तीन अर्ब १३ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएको छ।

यसैगरी आज कारोबारमा आएका तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कारोबारमा आएका १३ समूहमध्ये दुई समूहको सूचक सामान्य बढेको छ।

बाँकी समूहको सेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै अन्य समूहतर्फको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य आज २ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ।

बुधबार १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रोमा घलेम्दी हाइड्रोपावर र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *