गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष दाहाल
Published:
by .काठमाडौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।
राजनीतिक परिवर्तनलाई कमजोर पार्ने खतरा बढिरहेको पनि उनले बताएका छन्। उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने सत्य नभएको स्पष्ट पारे।
माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरी फर्किने क्रममा न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन फुटाउने र सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका हुन्।
‘खतरा त बढेकै छ नि ! यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि ! , उनले भने, तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन।’
अध्यक्ष दाहालले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको पनि जिकिर गरेका छन्।
Comments