Sajhamanch Archive

रुसले गर्यो युक्रेनमा सैन्य कारबाही

Published: in विश्व समाचार, by .

एजेन्सी, युक्रेनको राजधानी सहर किभलगायत विभिन्न स्थानमा विस्फोट भएको छ। बीबीसीका अनुसार राजधानी किभमा बिहीबार बिहान ५ देखि ६ ओटा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ।

त्यस्तै युक्रेनका अन्य भागमा पनि विस्फोटको समाचार आइरहेको छ। सीएनएनले किभबाट गरेको प्रत्यक्ष प्रसारणमा ठूलो विस्फोटको आवाज सुनिएको छ। यद्यपि उक्त आवाज कहाँबाट आएको हो भन्ने खुलेको छैन।

किभका साथै डोनेट्स क्षेत्रमा पनि बिहीबार विस्फोटको आवाज सुनिएको छ। सामाजिक सञ्जालमा युक्रेनको उत्तर–पूर्व, दक्षिणी क्षेत्रको ओडेसालगायतका स्थानमा पनि विस्फोट भएको भन्दै भिडियोहरु पोस्ट भएका छन्।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा विशेष सैन्य कारबाही गर्न निर्देशन दिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *