एमसीसीबारे निर्णय गर्न जसपाको बैठक बस्दै
Published:
by .काठमाडौ, सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज काठमाडौंमा बस्दै छ।
एमसीसीसहितका एजेण्डामा आवश्यक छलफल गर्न बिहान ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा जसपाको बैठक बस्न लागेको हो।
एमसीसीका सम्बन्धमा जसपामा एकरुपता छैन। अध्यक्ष उपेन्द्र यादव एमसीसी संसदबाट पारित गर्न नहुने पक्षमा छन् भने संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टलाई एमसीसी जसरी पनि पारित गर्नुपर्ने अडानमा छन्। अन्य आन्तरिक कारणले पनि जसपामा विवाद छ।
आन्तरिक विवादको कारणले लामो समयदेखि जसपाको बैठक बस्न सकेको छैन। जसपाको आजको बैठकले गर्ने निर्णयलाई महत्वकासाथ हेरिएको छ।
Comments