गठबन्धन बचाउन अन्तिम कोशिस गर्ने माओवादी बैठकको निर्णय
Published:
by .काठमाडौ, सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको दाहालको निजी सचिवालयले जनाएको छ ।
बैठक दाहाल निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो ।
बैठकले अमेरिकी सहयोग परियोजना एमसिसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा माओवादी नेताहरूले एमसिसी पास वा फेल जे भएपनि गठबन्धन भने नटुटाउने विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरी ल्याएको एमसिसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहनेरनरहनेबारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेन ।
माओवादीले अन्तिमपटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने एक नेताले जानकारी दिए ।
Comments