ठेक्केदारलाई सजायः कमसल सामाग्री प्रयोग गरेको भन्दै विर्तामोड नगरपालिकाले भत्कायो कालो पत्रे
Published: (Updated: )
by .झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्रगतिनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ । शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ग्रेडर लगाएर उक्त सडक भत्काउन लगाएका हुन् ।
इन्जिनियर, प्राविधिक सहित सडकमा पुग्नु भएका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामाग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाइएको हो । गणस्तरहिन कालोपत्रे गरेकाकारण बाध्य भएर सडक जोत्नु परेको उनले बताए ।
नगरप्रमुख शिवाकोटीले गुणस्तरीय सडक निर्माण गर्न नसक्ने ठेकेदारहरुले बिर्तामोडमा ठेक्का नहाल्न समेत आग्रह गरेका छन् । मापदण्ड विपरीत काम गर्नेहरुलाई बिर्तामोड नगरपालिकाले छुट नदिने भन्दै उनले सचेत रहन जोड दिए ।
नगरपालिकाबाट २५० मिटर लम्बाई, २० फुट चौडाइएको यो सडक कालो पत्रेका लागि इलामको सिद्विथुम्का निर्माण सेवा.प्रा.लिले १३ लाख ८५ हजार ३१२ रुपैयाँमा गत असार २ गते ठेक्का पाएको थियो । ठेक्का सम्झौता अनुसार योजना सम्पन्न गर्नका लागि २०७९ असार २ गते सम्मको लागि म्याद रहेको छ । गणस्तरहिन कालोपत्रे भत्काएपछि स्थानीय समेत खुशी भएका छन् ।
Comments