ओली फेरि सत्तामा आए देश सिध्याउँछन् : अध्यक्ष नेपाल
Published: (Updated: )
by .काठमाडौ, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गरे।
नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरेपनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो।
फेरि ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताए।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञासमेत दिए। ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराध पूर्ण सोच राखेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।
अध्यक्ष नेपालले भने, बामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एउटा गठबन्धन अहिलेसम्म छ। के होला भोलिभन्ने सबैको मनमा कौतुहल चलिरहेको छ।
कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, पूर्वाग्रहपूर्ण सर्त राखेर। सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्टयाएर निकाल्नुपर्छ।
माधव नेपालसहितको १४ जनालाई सिध्याई दिनुपर्छ। मुन्टयाएर निकाली दिनुपर्छ। कस्तो अपराधपूर्ण चिन्तनरु अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानी मुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन।
यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आएरु घाँडो भईदिए। यस्ता घाँडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढन सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ।
नेपाललाई सुरक्षित राख्ने हो भने, नेपालको राजनीतिलाई सही दिशामा लिएर जाने हो भने यस्ता तत्वहरुबाट होशियार रहनुपर्छ।
एमसीसीको खुलेआम पक्षमा रहेर जाने तत्वहरु को हुन रु जनताले चिनी सकेका छन । र, त्यसमा हाम्रो पार्टी एकीकृत समाजवादीले भनि सकेको छ–एमसीसीलाई यथास्थितिमा हामी पास गर्न सक्दैनौं, उनले थपे, अब कुरा के हो त ? एमसीसी कहाँकहाँ जोडिएको छ त ? यो इण्डोप्यासेफिक अंग बनाएर आएको छ।
यो अंग बनायो कसले रु त्यही बामपन्थी भनिने ओलीको आफ्नै मन्त्री प्रदिप ज्ञवालीले गएर नेपाललाई इण्डो प्यासेफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए।
त्यसपछि नेपाल नेपाल त्यसको अंग बन्यो। ओलीले सिध्याई सकेका थिए, नेपाललाई इण्डो प्यासेफिक अंग बनाउनका लागि। त्यो मान्छेको दिमागमा अहिले पनि झल्झल्ती छ। केपी आएपछि त फेरि सिध्याई दिन्छन।
फेरि बनाई दिन्छन। त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन।’ अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटकप-टक दोहोर्याए ।
Comments