Sajhamanch Archive

माओबादी अध्यक्षलाई बाबुरामले भने, कि त एमसिसी पारित गर्न साथ दिनुहोस्, सकिँदैन भने सरकार छोड्नुहोस्

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसदबाट एमसिसी पास गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए ।

उनले एमसीसी सम्झौता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबीसमेत गरे ।

मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईंले यसलाई साथ दिनोस् १३८ पुर्या‍एर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाहिँ राष्ट्रवादभित्र चाहिँ राष्ट्रघात गर्न पाइँदैन् ।

पहिलो विकल्प, तपाईंले साथ दिनुहोस् । होइन भने तपाईं जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्याएर पारित गर्छौं । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन’ उनले भने ।

उनले आफूहरू संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागि परेको बताए । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो ।

उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औँल्याए । संसदमा ६८ जना भए कोरम पुग्छ ।

त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने  ?  यस्तो महत्वपूर्ण मुद्दामा हुँदैन । संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ ।

यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पुर्याएर नै यसलाई पास गर्नुपर्छ । त्योभन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाइँदैनु उनले भने ।

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्याए । उनले एमसिसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *