पलबारे सोधपुछ गर्न निर्देशक थापालाई प्रहरीले बोलायो
Published:
by .काठमाडौ, बलात्कारको किटानी जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले बोलाएको छ ।
पलको अभिनय रहेको ‘ए मेरो हजुर २’ फिल्मका निर्देशक थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको हो । तनहूँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी परेपछि पल फरार छन् ।
पलको खोजीको क्रममा प्रहरीले सोधपुछका लागि थापालाई बोलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनाली बताए ।
उनलाई महानगरीय प्रहरी वृत बानेश्वरले सोधपुछ गर्न बोलाएको हो । पललाई ठाउँको ठाउँ पक्राउ गर्नका लागि प्रहरीले देशभरका प्रहरी युटिनलाई सर्कुलर जारी गरेको छ । यद्यपि उनी पक्राउ परेका छैनन् ।
Comments