Sajhamanch Archive

आगलागी पीडितलाई सान्तवना दिदै मन्त्री दर्लामी

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा भएको आगलागीबाट पीडित व्यक्तिहरुसँग क्षतिका बारेमा जानकारी लिएका छन् । जानकारी लिने क्रममा मन्त्री दर्लामीले पीडितहरुाई तत्कालन राहतका लागि पहल गर्ने बताएका छन् । उनले शिवसताक्षी बर्षेनी आगलागीका कारण ठूलो क्षति भएकाले स्थानीय सकारकाले दमकल उपलब्ध गराउन समस्या भए प्रदेश सरकारबाट दमकलका लागि पहल गरिने बताए ।

आगलागीमा परेर शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ४ घर परिवारका १९ जनाको गाँस, बास मै समस्या भएको छ । । आगलागीबाट ४३ वर्षीया बालिका भण्डारी र उनकी १४ वर्षीया छोरी अस्मिता जलेर घाइते भएका थिए । उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । सो घटनामा अर्की गीता थपलिया पनि सामान्य घाइते भएकी थिइन् ।

आगलागीबाट दोमुखाका चार वटा होटल र एउटा दोमुखा सहकार्य युवा क्लबको कार्यालय पनि जलेर नष्ट भएको थियो । स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलियाको होटलमा आगलागी भएको थियो । जसमा भण्डारीको १ लाख ३५ हजार नगद सहित ११ लाख बराबरको क्षति भएको छ ।

 

यस्तै थपलियाको १५ लाख, तुम्खेवाको ३४ लाख, मगरको १५ लाख र दोमुखा सहकार्य युवा क्लवको १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटनामा १ करोड २४ लाख मुल्य बराबरमो धनमाल जलेर खरानी भएको इलाका प्रहरी कार्यालय झिलझिले र वडा कार्यालय माईधारले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *