Sajhamanch Archive

युक्रेनलाई एलन मस्कको सहयोग, स्टारलिंकमार्फत दिए इन्टरनेट

Published: in विश्व समाचार, by .

एजेन्सी, रुसी आक्रमणले युक्रेनमा इन्टरनेट सेवामा समस्या निम्त्याएको छ। यस्तो अवस्थामा एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरिदिएका छन्।

युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्विटरमा ट्याग गर्दै देशमा स्टारलिंक स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए।

उनले लेखेका थिए, ‘एलोन मस्क, तपाइँ मंगल ग्रहमा मानिस बसाउन खोज्दै हुनुहुन्छ, रुसले युक्रेनलाई कब्जा गर्न खोजिरहेको छ ! तपाइँले सफलतापूर्वक अन्तरिक्षबाट रकेट अवतरण गर्नुभयो।

तर, यहाँ रुसी रकेटले युक्रेनका जनतामाथि आक्रमण गरिरहेको छ। म तपाइँसँग युक्रेनलाई स्टारलिंक स्टेसन दिन अनुरोध गर्दछु।’ जबाफमा मस्कलेस्टारलिंक उपग्रहहरु युक्रेनमा सक्रिय भइसकेको जानकारी गराएका छन्।

‘स्टारलिंक’ मस्कको कम्पनी ‘स्पेस एक्स’ को एउटा इकाइ हो। जसले ‘लो अर्थ अर्बिट’ स्याटेलाइटमार्फत ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँछ। यसको मतलब योमार्फत कुनै पनि फाइबर अप्टिक, केबल वा टावर बिना इन्टरनेट जडान प्रदान गर्न सकिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *