Sajhamanch Archive

आज पनि एमालेले संसद् अवरोध कायमै राख्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध कायमै राख्ने भएको छ। सत्तारुढ गठबन्धनले आज (आइतबार) बस्ने प्रतिनिधिसभामा बैठकबाट एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको अवस्थामा एमालेले भने संसद् जारी अवरोध कायम राख्ने भएको हो।

सत्ता गठबन्धन दलहरुबीच व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ। आजको बैठकमा नेकपा एमालेले पूर्ववत रुपमा आफूहरुको आन्दोलन जारी नै रहने जानकारी दिएको हो।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् बैठक अवरोध कायमै रहने जानकारी दिए। ‘एमसीसी सम्झौता गर्ने उहाँहरु नै हो। व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने निर्णय पनि उहाँहरुले नै गर्नुभएको छ,’उनले भने, हाम्रो माग पुरा भएको छैन्।

हामीले पूवर्वत रुपमा गरेको संसद् अवरोध कायमै हुन्छ।’ उनले गठबन्धनले गरेको सहमतिका विषयमा पार्टीको बैठक बसेर धारणा निर्माण हुने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *