पल शाहले गरे तनहूँ प्रहरीसमक्ष आत्मसमर्पण
Published:
by .तनहूँ– बलात्कारको आरोप लागेका चलचित्र अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। एक नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको जाहेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहूँमा उपस्थित भएका हुन्।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहूँमा बुधबार बलात्कारको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहूँले शाहको खोजीका लागि प्रहरी प्रधान कार्यालयमार्फत् देशभरका विभिन्न प्रहरी कार्यालयलाई आग्रह गरेको थियो।
प्रहरीले खोज्दा भने उनी भेटिएका थिएनन्। शाहले आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफू स्वयं प्रहरी कार्यालयमा उपस्थित हुने जनाएका थिए।
प्रहरीले खोजी गर्दा पनि फरार रहेकोबारे उनले सामाजिक सञ्जालबाटै क्षमा समेत मागेका थिए।
Comments