एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने
Published:
by .काठमाडौं– नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ।
आइतबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरेको हो।
बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अब आफूहरूले व्याख्यात्मक घोषणासहितको अनुमोदनको पक्षमा निर्णय गरेको बताइन्।
एमसीसी सम्झौतालाई आजै प्रतिनिधिसभाबाट अनुमोदन गराउने तयारी छ। आज बस्ने पहिलो बैठकमा सैद्धान्तिक छलफल गर्ने र दोस्रो बैठकमा निर्णयार्थ पेस गर्ने तयारी गरिएको छ।
एमसीसीका विषयमा विभाजित सत्ता गठबन्धननमा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने समझदारी जुटेको हो।
Comments