झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
Published:
by .झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख ८४ हजार सात सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गरेका छन् ।
साढे चार वर्षसम्म भाडाको घरबाट गाउँ पालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्वर ३ मा छुट्टै भवन निर्माण निर्माण गरेसंगै अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जमिन प्रदान गरेसंगै गाउँपालिकाले भवन निर्माण गरेको बताइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यस अघि झापा गाउँपालिकामा चार वटा वडा कार्यालयको समेत भवन निर्माण गर्दै उद्घाटन गरिएको बताएका थिए ।
गाउँपालिकाको आफ्नै छुट्टै भवन नहुँदा साघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको तर, नयाँ प्रशासनिक भवन निर्माण गरिएसंगै सेवा प्रवाहमा समेत सहज हुने बताएका छन् ।
भवन निर्माणका लागि स्थानीयदाता देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी,चित्रवहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेका थिए ।
झापा गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोतिलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकीसहित नेपाली कांगे्रसका तर्फबाट सागीरथ गणेश, नेकपा एमालेबाट जगेन्द्र ताम्ली, नेकपा माओवादी केन्द्रबाट रुद्र वजगाई, वडा नम्वर २ का वडाध्यक्ष नेत्रवहादुर खड्का , ६ नम्वर वडाध्यक्ष हरिवहादुर वानिया, समाजसेवी विश्वनाथ सिंह राजवंशी, नेपाल शिक्षक महासंघका तर्फबाट जगन्नाथ राजवंशी नेपाल रेडक्रस सोसाइटी कुमरखोदवाट सुन्दरलाल गणेश, एनआइसी वंैकका तीलक शर्मा दुलाल , राप्रपाका तर्फबाट तारामाया राई, लोकतान्त्रिक समाजवादी पार्टीका प्रभुनारायण यादव, जनता समाजवादी पार्टीबाट विष्णु महत्तो लगायतले बोलेका थिए ।
भवन उद्घाटन कार्यक्रमको सञ्चालन वडा नम्वर ६ का वडा सदस्य मोहन पोखरेलले गरेका थिए ।
Comments