Sajhamanch Archive

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन

Published: in अर्थतन्त्र, by .

काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा २६ लाख आवेदन परेको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्म २५ लाख ९९ हजार ५९८ आवेदनबाट तीन अर्ब बढीको सेयर माग भएको हो।

कम्पनीको सेयरमा करिब २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता सेयरको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। यो सर्वसाधारणलाई छुट्टाएको ७ लाख ७४ हजार ५६३ कित्ताको ३८.८८ गुणा बढी हो।

लघुवित्तले जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको थियो।

त्यसमध्ये १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई र ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरमा सर्वसाधारणलाई वितरण हुनेछ।

माघभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ। त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै सेयर पाउनेछन्। आईपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *