Sajhamanch Archive

शिवरात्रिको अघिल्लो दिनदेखि नै पाशुपत क्षेत्रमा बढ्यो साधुहरूको जमघट (फोटो फिचर)

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by .

काठमाडौं, भोलि मङ्गलबार महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुहरू आउने क्रम सुरू भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरेकी छन् । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सिदा, त्रिशूल, कमण्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामीलगायतका सामग्री राष्ट्रपतिबाट सङ्कल्प भएको छ ।

पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माको अगुवाइमा अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले परम्पराअनुसार सङ्कल्प सामग्री खर्पनमा राखेर राष्ट्रपति निवास पुगेका थिए ।

सङ्कल्प पूजापछि गोश्वारा प्रमुख कर्मचारीलाई पुरोहितले टीका लगाएर राष्ट्रपतिबाट उनीहरुलाई दक्षिणा प्रदान गरेकी थिइन् ।

राष्ट्रपतिबाट सङ्कल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व सुरु भएको छ । यो सुरुवातसँगै पशुपतिमा आएका साधुसन्तले बिहान शोभायात्रा गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाइमा शोभायात्रा भएको थियो । शोभायात्रालगत्तै पशुपतिक्षेत्र विकास कोषले एक पत्रकार सम्मेलन आयोजना गरेर महाशिवरात्रि पर्वको पूर्वतयारी कार्य सकिएको जानकारी दिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *