Sajhamanch Archive

एमसीसी पारित भएपछि जनमोर्चाले छोड्यो पाँच दलको गठबन्धन

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले आफू अलग भएको घोषणा गरेको छ । पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकाले यो दलले गठबन्धन छोडेको हो ।

अधिकांश जनता एमसीसीको विपक्षमा हुँदा पनि एमसिसी पारित गर्नु राष्ट्रघात भएको भन्दै जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै आफू गठबन्धनबाट अलग भएको जनाएको हो ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ,’ हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा रा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’

जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *