रासायनिक मल खरिद गर्न भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत सम्झौता
Published: (Updated: )
by .काठमाडौं– नेपालमा भारतबाट रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
५ वर्षका लागि जी–टू–जी (सरकार–सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका हुन्।
कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रकाशकुमार सञ्जेलका अनुसार यो सम्झौता ५ वर्षका लागि हुने छ।चालू आर्थिक वर्ष २०७८/७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ।
चालु आवमा आपूर्ति हुने मलमध्ये ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने सञ्जेलले जानकारी दिए।
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा सोमबार एक भर्चुअल समारोहका बीच दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
Comments