Sajhamanch Archive

इटहरीमा वाइपास गर्न मिल्ने तीन पुल निर्माण

Published: in विविधा, स्थानीय तह by .

इटहरी । इटहरीचौकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्न मिल्ने तीन वटा पुल निर्माण भएका छन । ती मध्ये दुइवटा पुलको पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् ।

इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उदघाटन गरिएको हो । वडा नम्वर ४ स्थित टेंग्राखोला पुलवाट सवारी साधन चौक नआई धरानतर्फ जान र सुकुमारी खोलापुल हँुदै पश्चिम जान वाइपास हुन सक्ने पुल हुन् । उदघाटनका क्रममा सम्वोधन गर्दै पूर्वमुख्यमन्त्री भीम आर्चायले इहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा गरे ।

उनले विकास सवै दलको एजेण्डा भएकाले विकासमा राजनीति गर्न नहुने बताए । निर्वाचनका वेला प्रतिष्पर्धा भएपनि निर्माणका वेला एकता हुनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फडको मारेको दावी गर्नुभयो । उनले ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले ब्यापक पहल गरेको वताउदै वाहिरी चक्रपथ चाडै आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्वमुख्यमन्त्री आर्चायलाई आग्रह गरे । उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुलकल्भर्ट वनाइसकेको जानकारी दिए ।

केहि ठूला पूलहरु निर्माण भइरहेका र आफूहरुको कार्यकाललाई पूर्वाधार निर्माणको स्वर्णीम काल वनाउन लागि परेको उनको भनाई थियो । बुद्धिजिवी लेखनाथ घिमिरेले विकास भौतिक निर्माण सँग सँगै त्यसप्रतिको अपनत्व र प्रेम हुनुपर्नेमा जोड दिए । उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरे र इन्जिनियर कैलाश तिम्सिनाले पुल निर्माणको प्राविधिक र लागत पक्षको जानकारी दिए । सुकुमारी खोलापुल उदघाटन कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष कल्याण वहादुर कार्की र टेंग्राखोला पुल उदघाटन वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको अध्यक्षतामा भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *