Sajhamanch Archive

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रोकएन रुसी आक्रमण

Published: in विश्व समाचार, by .

एजेन्सी– रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता विनानिष्कर्ष सकिएको अधिकारीहरुले जनाएका छन्।

युक्रेनका अधिकारीहरुले वार्ताले नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् र उनीहरुले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्ता गर्ने बताएका छन्।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ।

यसरी नागरिकको आवासीय क्षेत्रलाई निशाना बनाइरहेको भन्ने कुराको भने रुसले अस्वीकार गरेको छ। त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ। रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *