Sajhamanch Archive

एमसीसी हुबहु पारित हुनबाट रोकियो : एकीकृत समाजवादी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं-  नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेको छ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको बताएको हो।

एमालेले एमसीसीलाई विवादित बनाउनेक कार्य गरेको आरोप एकीकृत समाजवादीको छ। तात्कालीन सरकारबाट एमाले मन्त्री प्रदिप ज्ञवालीले अमेरिका पुगेर आइपीएसको अङ्ग बनाएको भन्दै त्यसलाई चिरेर संसदबाट पारित गर्न सफल भएको नेकपा एसले दाबी गरेको छ।

एमसीसी जस्ताको तस्तै पारित गरेको भए देशलाई अप्ठेरो अवस्थामा पुर्‍याउने थियो ’ एकिकृत समाजवादीको विज्ञप्तिमा भनिएको छ ‘त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलता हो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *