नारायणकाजी भेट्न नेत्रबिक्रम पुगे हात्तिवन
Published: (Updated: )
by .काठमाडौं, एमसीसी पास गर्न अध्यक्ष पुस्पकमल दाहालले भूमिका खेलेको भन्दै विरोधमा उत्रिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ।
बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेरे चन्दले भेटवार्ता गरेका हुन्। भेटमा संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रियताको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको छ।
एमसीसीका कारण पार्टीमा मतभेद उत्पन्न भएपछि मंगलबार दाहाल पनि हात्तिवन पुगेका थिए। श्रेष्ठसँगको भेटघाटमा एमसिसीमा मतभेद भएपनि अरु विषयमा मिलेर जान आग्रह गरेका थिए।
जवाफमा श्रेष्ठले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेतापनी पत्रकार सम्मेलनमार्फत दाहालले नै निस्केर जाने भए जाओ भनेप्रति गुनासो राखेका थिए।
पार्टीको निर्णयविपरित एमसीसी पास गर्न दाहालले भूमिका खेलेको भन्दै माओवादी केन्द्रका थुप्रै प्रभावशाली नेताहरु असन्तुष्ट बनेका छन्। उनीहरुले छलफललाई पनि तीव्रता दिएका छन्।
Comments