१४ सांँसदलाई निकाल्ने कसैको तागत छैन् : झलनाथ खनाल
Published:
by .काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांँसदलाई निकाल्ने कसैको तागत नभएको दाबी गरेका छन्।
भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा विराटनगरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले नेकपा एमालेले १४ जना सांँसदलाई कारबाही गर्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेको विषयलाई लक्षित गर्दै यस्तो बताएका हुन्।
‘१४ जनालाई कारबाही किन नगरेको भनेर संसद्लाई बन्धक बनाउने काम भइरहेको छ। १४ जना सांसदलाई निकाल्ने कसको तागत छरु मुद्दा सर्वोच्चमा छ कसैले सडकबाट निकालेर हुन्छरु’ खनालले भने।
उनले सभामुखमाथि महाभियोग लगाउछु भन्नेहरुसँग दुईतिहाइ बहुमत छ कि छैन भनेर प्रश्न थरे। ‘सभामुखलाई महाअभियोग लगाउने भन्छन्।
कोसँग छ दुईतिहाइ बहुमत ? यो अनावश्यक माग हो,’ उनले भने, ‘संसद्लाई बन्धक बनाउने काम गरिएको छ। कम्युनिस्ट आन्दोलनभित्र दक्षिणपन्थी धारले कतिसम्म गर्न सक्छ भन्ने उदाहरण हो यो।’
एमाले अध्यक्ष केपी ओलीको चर्को आलोचना गरेका नेता खनालले एमालेका सबै नेता कार्यकर्तालाई आफूले दोष नदिने भन्दै नेतृत्वले सिर्जना गरेको भ्रमको पर्दा नेता कार्यकर्ताको आँखामा समेत लागेको बताए।
‘खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारसामू अभुतपूर्व अवसर थियो। आवश्यक पर्दा सरकारले संविधान संशोधन गर्न सक्ने हैसियत पनि राख्थ्यो।
तर, धन्धुकारी भएपछि के लाग्दो रहेछ। त्यसले त्यो चिन्न सकेन। देशको आवश्यकता, कम्युनिस्ट आवश्यकता बुझ्न सकेनन्। अत्यन्तै आत्मकेन्द्रित भयो,’ खनालले भने, ‘त्यही भएर हामीले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाएका हौं।’
उनले जबजको कुरा गर्ने नेकपा एमालेले संसद् देख्नै नसक्ने अवस्थामा पुगेको पनि बताए। पार्टी स्थापनाको पाँच महिनामै देशव्यापी कमिटी निर्माण गरिएको भन्दै उनले अझै पार्टीलाई सशक्त बनाएर लगिने पनि बताए।
Comments