शिवसताक्षी उद्योग वाणिज्य संघमा शर्मालाई ७ मतले पछि पार्दै काफ्ले विजयी
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष पदमा दूधेका व्यवासयी याम काफ्ले निर्वाचित भएका छन् । काफ्लेले रामनरेश शर्मालाई ७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । गठबन्धन तर्फका उम्मेद्वार याम काफ्लेले ५८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेतर्फका उम्मेद्वार रामनरेश शर्माले ५७८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेशकुमार मिश्र विजयी भएका छन् । उनले ५७४ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार कमलप्रसाद तामाङ्गले ५६३ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा ६१५ प्राप्त गरी विष्णुप्रसाद प्रसाई विजेता भएका छन् । सोही पदका अर्का उम्मेद्वार सुवोकुमार शाहले ५१७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वाणिज्य उपाध्यक्षमा ६५८ मत प्राप्त गरी कृष्णप्रसाद खरेल विजयी भएका छन् ।सोही पदका अर्का उम्मेद्वार मन्दिरा देवी प्रसाईले ४६३ मत प्राप्त गरेकी छिन् । महासचिवमा टंक प्रसाद मैनाली विजयी भएका छन् । उनले ५९६ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार टंकप्रसाद सिटौलालले ५३४ मत प्राप्त गरेका छन् । त्यसैगरी उद्योग सचिव पदमा ५५४ मत प्राप्त गरी बेदप्रसाद थपलिया विजयी भएका छन् । सोही पदका अर्का उम्मेद्वारल योगेश्वर बरालले ५३१ मत प्राप्त गरेका छन् ।
बाणिज्य सचिवमा मेनुकादेवी बास्तोलालाई ७ मतले पछि पार्दै भोजराज ढकाल विजयी भएका छन् । ढकालले ५५७ मत प्राप्त गरे भने कोइरालाले ५५० मत प्राप्त गरेकी छिन् । त्यसैगरी कोषाध्यक्षमा विष्णु कुमारी चौलागाई विजयी भएकी छिन् । चौलागाईले ५९८ मत प्राप्त गरेकी छिन् भने सोही पदकी अर्की उम्मेद्वार खनिमाया श्रेष्ठले ५२२ मत प्राप्त गरेकी छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा कमल विश्वकर्मा (सेन्चुरी), केशवकुमार राजवंशी, जितेन्द्र कुमार शाह, भिष्म ओली, मुक्ति गुरागाईँ, र संजोग दाहाल विजयी भएका छन् । महिला सदस्यमा तुलसादेवी तिम्सिना खतिवडा, ललिता सापकोटा (रन्जना) र सुनिता लिम्बु विजयी भएका छन् ।
। १२६० मतदाता भएको शिवसताक्षी उद्योग वाणिज्य संघमा १२०९ मत खसेको थियो ।
Comments