Sajhamanch Archive

एकीकृत अखिल नेपाल शिक्षक संघ शिवसताक्षीको पनर्गठन

Published: in राजनीति by .

शिवसताक्षी । नेकपा (माओवादी केन्द्र ) एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवसताक्षी नगरको दोस्रो नगरपरिषद सम्पन्न भएको छ ।

दुधे स्रोतकेन्द्र सभा हलमा सम्पन्न भएको भेलाले अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षमा नगर समिति पुनर्गठन भएको हो ।

जसको उपाध्यक्षमा उर्मिला दाहाल उपाध्यक्षमा दधि गणेश, खगेन्द्र घिमिरे, सचिव योगेन्द्र अधिकारी, सह सचिव सह सचिब पुर्ण सिङ राजवंशी
तारादेवी बास्तोला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र चापागाईं , युबराज आङ्देम्बे, दलबहादुर न्यौपाने, मोहन लिम्बू, राधादेवी गौतम, चिन्तामणी दुलाल, गणेश चौलागाईं खगेन्द्र लम्जेल कालू मर्डि, खुब बहादुर राई पछी मनोनीत गर्ने नगर समिति पुनर्गठन भएको छ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराईले विद्यालयलाई नमूना बनाउन जोड दिदै आश्वयक जनशक्ति र संरचना निर्माणमा लािग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन १ नम्बर प्रदेश उपाध्यक्ष लोकनाथ गजुरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टरार्इ माओवादी केन्द्र १ नम्बर प्रदेश सल्लाहकार सदस्य टेकनाथ सिवाकोटी एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष कपिल तिमिल्सिना माओवादी केन्द्रका नगर सचिव सन्जय राई एकिकृत अखिल नेपाल शिक्षक संगठन का जिल्ला सदस्यहरु राम प्रसाद मन्डल, लक्ष्मण मर्डी , गणेश चौलागाईं , खगेन्द्र लम्जेल लगायतको उपस्थिति रहेको थियो ।

बिष्णु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन योगेन्द्र अधिकारी र स्वागत खगेन्द्र घिमिरेले गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *