प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण
Published:
by .विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको पथरीशनिश्चरेमा ३, विराटनगरमा २, रंगेली, ग्रामथान, सुन्दरहरैचा र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको त्रियुगामा १, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र २१ पुरुष रहेको छन् । सक्रिय संक्रमितको संख्या ७७८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments