Sajhamanch Archive

राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. २ को कमिटी गठन

Published: (Updated: ) in विविधा by .

बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. २ को प्रथम ऐतिहासिक अधिवेशनले बिप्लब भट्टराईको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा सनत कुमार चापागाईं, सचिव प्रज्वल प्रधान सहित ३१ सदस्यीय कमिटी गठन भएको हो ।

युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा जिल्ला सदस्य तथा बुद्धशान्ति इन्चार्ज योगकुमारी पराजुली रहेकी थिइन ।

सो कार्यक्रममा नेकपा एमाले , झापा जिल्ला कमिटी सदस्य तथा बुद्धशान्तिका सहइन्चार्ज टीका पाठक, बुद्धशान्ति गाउँ कमिटीका अध्यक्ष नेत्र रिजाल, उपाध्यक्ष शम्भु पौडेल ,सचिब धरणीधर पोख्रेल, सहसचिव तथा युवा फाँट इन्चार्ज गुणराज अर्याल , बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भूर्तेल , २ नम्बर वडा परिषद सदस्य नेत्र गौतम र राजेन्द्र पराजुलीको सहभागितामा संघको गठन गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य आयोजक कमिटीका सदस्य मन्जिल पाठकले राखेका थिए भने कार्यक्रमको संचालन सरोज घिमिरेले गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *