Sajhamanch Archive

रुसको तेल आपूर्ति बन्द गरे युरोप जाने मुख्य ग्यास लाईन बन्द गरिदिने रुसको चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । आफ्नो तेल आपूर्तिमा पश्चिमा देशहरुले प्रतिबन्ध लगाए जर्मनी जाने ग्यासको मुख्य लाईन बन्द गर्ने चेतावनी रुसले दिएको छ ।

रुसबाट तेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकाले आफ्नो गठबन्धनमा छलफल थालेपछि रुसले यस्तो चेतावनी दिएको हो । तर अमेरिकाको प्रस्तावलाई जर्मनी र नेदरल्याण्डले भने अस्वीकार गरिसकेका छन् । युरोपेली देशहरुको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेलको आवश्यकता रुसबाट आपूर्ति हुँदै आएको छ ।

रुसी उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले रुसको तेल निर्यातमा प्रतिबन्धको अर्थ विश्वलाई उकुसमुकुस अवस्थामा पुर्याउनु हो भन्दै त्यसपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलर पुग्ने बताउनुभयो । रुसी सरकारी टेलिभिजनबाट बोल्दै नोभाकले तत्काल युरोपमा रुसी तेल र ग्यासको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।

अमेरिकी उक्साहटमा लाग्नुको परिणाम युरोपेली जनताले भोग्नुपर्ने भन्दै उहाँले त्यसले अन्ततः युरोपलाई नै तहसनहस बनाउने पनि बताउनुभयो ।

रुस(युक्रेन युद्धका कारण अहिले नै युरोपमा तेल र ग्यासको भाउँ उच्च दरमा बढिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *