Sajhamanch Archive

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले हेर्न थाल्यो, सवारी साधनमा मापदण्ड

Published: in विविधा, समाज by .

भद्रपुर । भद्रपुर १० स्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले सार्वजनिक सवारी साधनमा सरकारले तोकेको मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ ।

ट्राफिक प्रहरीसित समन्वय गरी केन्द्रले जेष्ट नागरिक लक्षित सार्वजनिक बसहरूमा आरक्षण सिट र भाडादरको ५० प्रतिशत छुटको व्यवस्था भए नभएको अनुगमन गरेको हो ।

केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक र सचिव धनप्रसाद शिवाकोटीको नेतृत्वमा समितिका सदस्यहरू, प्रहरी लगायत सरोकारवाला प्रतिनिधिहरूको टोलीले चन्द्रगढी स्थित लेखनाथ चौकमा सार्वजनिक सवारी साधनको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नियम मिच्ने बसका चालक, सहचालकलाई सरकारको निर्णय स्मरण गराएर सचेत समेत पारिएको थियो ।

यसैगरी केन्द्रको कार्य समितिलाई पूर्णता दिन बैठकले डा. टंकप्रसाद बाराकोटी, अधिवक्ता भरत प्रसाई, पत्रकार खेतीराज घिमिरे र शिक्षासेवी गोविन्द लाम्साललाई सदस्यमा मनोनित गरेको छ । यस्तै ज्ञानबहादुर चौहान, दुर्गाप्रसाद भट्टराई, टेकबहादुर खड्का काजी, चेतनाथ घिमिरे र देवेन्द्र गौतमलाई सल्लाहकार समितिमा मनोनित गरिएको सचिव धनप्रसाद शिवाकोटीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *