Sajhamanch Archive

३३ अर्बको पेट्रोलमा २१ अर्ब राजस्व

Published: in मुख्य समाचार, समाज by .

काठमाडौ । मुलुकमा जति पेट्रोल र डिजेल भित्रिन्छ, सोवापत आधा रकम राजश्व मात्रै उठ्ने गरेको पाइएको छ ।

भन्सार विभागको एक तथ्यांकअनुसार साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा कुल १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँको पेट्रोल र डिजेल भित्रिएको छ । सो रकमको पेट्रोल र डिजेलमा ५४ अर्ब ५३ करोड रुपैयाँ बराबर राजश्व मात्रै संकलन भएको छ ।

विभागका अनुसार सात महिनाको अवधिमा कुल ७२ अर्ब ९६ करोड रुपैयाँ बराबरको डिजेल भित्रिएको छ । सो आयातबाट ३३ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । सो अवधिमा ३३ अर्ब ६९ करोड करोड रुपैयाँको पेट्रोल आएको छ । सो पेट्रोलवापत सरकारले २१ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

सात महिनाको अवधिमा सरकारले डिजेलबाट सबैभन्दा धेरै राजश्व संकलन गरेको छ । डिजेलपछि धेरै राजश्व उठ्ने वस्तुमा जीप, कार र भ्यान पर्छन् । जीप, कार र भ्यान शिर्षकमा सरकारले सात महिनामा कुल २७ अर्ब ६९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

धेरै राजश्व संकलन हुने वस्तुमा पेट्रोल तेस्रो स्थानमा छ भने मोटरसाइकल चौथो स्थानमा छ । मोटरसाइकलको आयातवापत १२ अर्ब ७५ करोड राजश्व संकलन भएको छ । राजश्व धेरै संकलन भएका अरु वस्तुमा क्रमशः तयारी कपडा, एलपी ग्यास, एमएस बिलेट मोटरसाइकल .(अनएसेम्बल्ड), मोबाइल टेलिफोन र एचआर सिट क्रमश छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *