Sajhamanch Archive

पीएनजीबाट नेपालले पायो २०५ रनको लक्ष्य

Published: in खेलकुद, by .

काठमाडौ, विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)बाट २०५ रनको लक्ष्य पाएको छ।

यूएईको सारजहामा जारी खेलमा टर जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो।

उसका कार्लोस एमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। ८२ बल खेलेका उनले ७ चौका प्रहार गरे।

यस्तै चोद सोपरले ३५, टोनी उराले २७, नोर्मन भोनीले २३, असाद भालाले १९ र लागा साकीले २५ रन जोडे।

नेपालका सोमपाल कामीले ३ विकेट लिए। १० ओभरमा उनले ४८ रन खर्चे। यस्तै आरिफ सेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट हात पारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *